५. इजाजतपत्र दस्तुर :-
नियम ४ बमोजिम इजाजतपत्र लिँदा देहायको दस्तुर लाग्ने छ :-
(क) स्वदेशी तथा विदेशी व्यक्तिबाट निर्माण गरिने कथानक वा अन्य चलचित्र निर्माण गर्नको लागि इजाजतपत्र दस्तुर बापत दरखास्तसाथ पचास रूपैयाँको टिकट संलग्न गर्नुपर्नेछ । तर विज्ञापन चलचित्र निर्माणको लागि इजाजतपत्र दस्तुर बापत एक हजार
रूपैयाँ लाग्नेछ ।
(ख) चलचित्र वितरण गर्नको लागि :-
(१) स्वदेशी चलचित्र वितरण गर्नको लागि दशहजार रूपैयाँ,
(२) नेपाल ………बाहिर निर्माण भएको जुनसुकै चलचित्र नेपाल ………भित्र वितरण गर्नको लागि बीसहजार रूपैयाँ ।
(ग) चलचित्र प्रदर्शन गर्नको लागि देहायका क्षेत्रका चलचित्र घरका लागि देहाय बमोजिमको दस्तुर लाग्नेछ :–
(घ) चलचित्र घर निर्माण गरी चलाउनको लागि देहायका क्षेत्रका चलचित्र घरका लागि देहाय बमोजिमको दस्तुर लाग्नेछ ः–
तर दुर्गम क्षेत्र विकास समितिबाट घोषित दुर्गम जिल्लाका गाउँ विकास समितिभित्र यस खण्डमा उल्लिखित दस्तुरको आधा दस्तुर लाग्नेछ ।
५क. एकद्वार समिति :- (१) आफ्नै वा नेपाली नागरिकसँगको संयुक्त लगानीमा नेपालमा चलचित्र निर्माण गर्न चाहने विदेशी व्यक्ति वा संस्थालाई एउटै निकायबाट चलचित्र छायाङ्कन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा नीति निर्माणको लागि देहाय बमोजिमको एउटा एकद्वार समिति रहनेछ :–
(क) सचिव, सूचना तथा सञ्चार मन्त्रालय – संयोजक
(ख) प्रतिनिधि (कम्तीमा रा.प. प्रथम श्रेणी), अर्थ मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि (कम्तीमा रा.प. प्रथम श्रेणी),
कानून तथा न्याय मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि (कम्तीमा रा.प. प्रथम श्रेणी), गृह मन्त्रालय – सदस्य
(ङ) महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग – सदस्य
(च) महानिर्देशक, पुरातत्व विभाग – सदस्य
(छ) प्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोष – सदस्य
(ज) प्रतिनिधि, चलचित्र विकास बोर्ड – सदस्य
(झ) सहसचिव, सूचना तथा सञ्चार मन्त्रालय – सदस्य
(२) ………..
(३) उपनियम (१) बमोजिमको समितिको कार्यविधि मन्त्रालयले तोके बमोजिम हुनेछ ।
(४) उपनियम (१) बमोजिमको समितिले आवश्यकता अनुसार सम्बन्धित संघ÷संस्था वा विशेषज्ञलाई पर्यवेक्षकको रूपमा बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
५ख. छुट्टै इजाजतपत्र लिन नपर्ने :-
(१) मन्त्रालयले एकद्वार समितिबाट चलचित्र छायाङ्कन गर्ने सम्बन्धमा तय गरेको नीति अनुरूप कुनै चलचित्र निर्माण गर्न इजाजतपत्र दिएकोमा निर्माताले त्यस्ता चलचित्र छायाङ्कन गर्दा प्रचलित कानून बमोजिम कुनै निकायबाट छुट्टै इजाजत्रपत्र लिनुपर्ने छैन ।
(२) कुनै निकायले चलचित्र छायाङ्कन गर्ने सम्बन्धमा छुट्टै शर्त तोक्ने भएमा सो शर्तहरू मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।